प्रथम पर्सा गोल्डकप : निजगढलाई हराउदै आयोजक सेमीफाइनल प्रवेश

रातोघर

 २०७६ फागुन ६, मंगलबार  मा प्रकाशित
८२० पाठक संख्या


पर्सागढी : निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ ।

पर्साको बढनिहारमा जारी गोल्डकपमा १ का बिरुद्ध ३ गोल गर्दै आयोजक क्लव सेमीफाइनलमा प्रबेश गरेको हो ।

खेलको सुरुवाती २४ औ मिनेटमा निजगढका समिर तामाङले गोल गरेर निजगढलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा १ गोलले पछि परेको पर्सागढी दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्यो । पर्सागढीका रमेन डंगोलले खेलको ५८ औ मिनेट र ७७ औ मिनेटमा लगातार गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ७९ औ मिनेटमा पर्सागढीका सुसान्त चौधरीले गोल गरेपछि पर्सागढी ३-१ गोल अन्तरले बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच पर्सागढीका रमेन डंगोल भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष असलम आलमले ट्रफी प्रदान गरे ।

प्रतियोगिता अन्र्तगतको भोलीको खेल बीरगंज युथ क्लव र श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौडाबीच हुनेछ ।

फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban