प्रथम पर्सा गोल्डकप: आयोजक पर्सागढी युवा स्पोर्टस क्लब फाइनलमा प्रबेश

रातोघर

 २०७६ फागुन ९, शुक्रबार  मा प्रकाशित
७१९ पाठक संख्या


पर्सागढी : बीरगंज युथ एकेडेमीलाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।
पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा आज भएको खेलमा बीरगंजलाई १ का बिरुद्ध २ गोल गर्दै आयोजक फाइनलमा प्रबेश गरेको हो ।
निकै रोमाञ्चक देखीएको खेलको सुरुबाती २० औं मिनेटमा पर्सागढीका सुसान्त चौधरीले पहिलो गोल गरे ।
खेलको ४७ औ मिनेटमा पर्सागढीका सुरज घिमिरेको अर्को गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए ।
बीरगंजका तर्फबाट खेलको ५७ औ मिनेटमा आदित्य शाक्यले १ गोल गरेपनि जितका लागी प्रयाप्त भएन । पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा बीरगंज पराजित हुन पुग्यो ।
खेलको म्यान अफ द म्याच पर्सागढीका प्रशान्त भुजेल भए । उनलाई पुर्व खेलाडी समेत रहेका आधारभुत बिद्यालय बागवानामा प्रअ जोगेन्द्र प्रसाद चौधरी र स्थानीय युवा सुनिल तिमल्सीनाले नगद सहित ट्रफी प्रदान गरे ।

फाइनल प्रवेशकै लागी अर्को खेल भोली दिउसो ३ बजे हेटौडा फुटबल एकेडेमी र नेपाल खेलकुद क्लव चपुरबीच हुनेछ ।
फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban