

बारा, फागुन १५ ।
मालपोत कार्यालय सिमराले प्रद्युम्नराज पाण्डेको नाममा किर्ते पुर्जा बनाएर भोगचलन गरिएको भन्दै बाराको २० बिगाहा सार्वजनिक जग्गा राज्यको नाममा कायम गरेको छ ।
गत पुस २७ गते मालपोत कार्यालय सिमराले निकालेको ३५ दिने सूचनाको आधारमा सवै प्रक्रिया पुरा गरी उक्त जग्गा बिहीबार राज्यको नाममा कायम गरिएको हो ।
जग्गा धनी भनिएका पाण्डेले प्रमाण पेश गर्न नसकेपछि जग्गा राज्यको नाममा फिर्ता गरिएको मालपोत कार्यालय सिमराका प्रमुख यादवराज आचार्यले जानकारी दिए ।
बारा जिल्ला जितपुरसिमरा नगरपालिका वडा नम्बर २३ को झण्डै १७ विगाह जग्गा वि.स. २०३५ सालदेखि किर्ते पुर्जा बनाएर आफ्नो नाममा दर्ता गराएको मालपोत कार्यालयको भनाई छ । ।





Write your Comment