हेटौंडामा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु, श्रीमतीसहित ३ जना घाइते

रातोघर

 २०७६ फागुन १५, बिहिबार  मा प्रकाशित
५७५ पाठक संख्या


हेटौंडा, १५ फागुन । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्वपश्चिम सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहिबार दिउँसो पथलैयाबाट हेटौैंडातर्फ जादै गरेको ना ४३ प १५१७ नम्बरको मोटरसाइकल र ना ४६ प २८११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा परी ना ४३ प १५१७ नम्बरको मोटरसाइकल चालक बीरगञ्ज महानगरपालिका–२३ बस्ने ३० वर्षीय अफताव आलम पुनसारीको ज्यान गएको हो ।

दुर्घटनाबाट गम्भिर घाइते हुनु भएको आलमको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनाबाट अन्य तीन जना घाइते हुनु भएको छ ।

मृतक आलमको श्रीमती २८ वर्षीया यमामुन पुनसारी, ना ४६ प २८११ नम्बरको मोटरसाइकल चालक ४५ वर्षीय अबर मैनाली र सोही मोटरसाइकलमा सवार रमेश उप्रेती घाइते हुनु भएको छ ।

मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार घाइते महिला पुनसारीको चुरेहिल अस्पताल तथा मैनाली र उप्रेतीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban