बाराका तीन स्थानमा कोरोना भाईरस सम्बन्धि हेल्प डेक्स सञ्चालन

रातोघर

 २०७६ फागुन २१, बुधबार  मा प्रकाशित
३६३ पाठक संख्या


कलैया : सशस्त्र प्रहरीले बारामा रहेका तीन वटा नाकामा कोरोना भाईरस सम्बन्धि हेल्प डेक्स सञ्चालन गरेको छ ।

भारतीय सिमा क्षेत्रमा रहेका तीन वटा सशस्त्र प्रहरी वलको सिमा सुरक्षा कार्यालयमा कोरोना भाईरस सम्वन्धि हेल्प डेक्स सञ्चालन गरिएको हो ।

भारतबाट बढि आवागमन हुने तीन स्थानको पहिचान गरी हाल हेल्प डेक्स स्थापना गरिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति दिगबिजय सुवेदीले जानकारी दिए ।

कलैया उपमहानगरपालिका वडा नं. १० स्थित मटिअर्वा, सिम्रौनगढ न.पा. ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं. ३ स्थित सन्तगंज कबहिगोठमा एकैपटक स्वास्थ्यकर्मी सहितको हेल्प डेस्क स्थापना गरिएको सुबेदीले जानकारी दिए ।

जिल्लाको प्रमुख नाका मटिअर्वा स्थित सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयमा सञ्चालित हेल्प डेस्कको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले सुभारम्भ गरेका थिए । हेल्प डेस्क सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले कोरोनाबाट बच्न भिडभाड हुने कार्यक्रमहरु सञ्चालन नगर्न आग्रह गरे ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका गणपति सुवेदीले कोरोना भाईरस र यसबाट हुन सक्ने जोखिमका बारेमा जानकारी दिने उदेश्यले हेल्प डेक्स संचालनमा ल्याएको बताए ।
कार्यक्रममा कलैया अस्पतालका डा. अञ्जली चौरसियाले कोरोना भाइरस सम्बन्धि लक्षण र रोकथामका बारेमा प्रस्तुतिकरण समेत दिएकी थिईन ।

सचेतनाका लागि सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालयले सचेतना मूलक पोष्टर पम्प्लेट वितरण, माक्र्सको प्रयोग जस्ता कार्यक्रम गर्ने जनाएको छ । कार्यालयका अनुसार हेल्प डेक्स तीन दिन सम्म सञ्चालन हुनेछ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban