

सिमरा : बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको नोभेल कोरोना भाईरस ‘कोभिड–१९’बाट सतर्कता अपनाउँदै सिमरा बिमानस्थलमा यात्रुको स्वास्थ्य परिक्षण सुरु गरिएको छ ।
दैनिका औसत सात वटा उडान अवतरण हुँदै आएको बिमास्थलमा बुद्ध एयरले आज (शनिबार) देखी यात्रुहरुको सामान्य स्वास्थ्य परिक्षण गराएर मात्रै बिमानमा यात्रा गराउन थालेको हो ।
कोरोना स्रक्रमणलाई मध्येनजर गर्दै बिमानस्थल भित्रिने यात्रुहरुलाई थर्म स्क्यानरमार्फत सरीरको तापक्रम जाँच गराएरमात्रै प्रबेश दिईने बुद्ध एयर सिमराका स्टेशन ईन्चार्ज सुरेश कुमार रेग्मीले जानकारी दिए ।
कुनै एक यात्रुमा संक्रमण भए सँगै बिमानमा यात्रा गर्ने अरुलाई पनि सर्नसक्ने भन्दै बिमान प्रबेश अगावै सावधानी अपनाईएको उनले बताए ।
जाँचका क्रममा कुनै ब्यक्तीमा कोरोनाको शंका लागेमा तत्काल स्थानीय स्वास्थ्य चौकीमा पु¥याउने ब्यवस्था मिलाईएको उनले बताए ।
त्यसैगरी यात्रुहरुलाई यससम्बन्धी जानकारी दिने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा विमानस्थलमा हेल्प डेस्कको समेत ब्यवस्था गरिएको छ ।
जसमार्फत सिमरा अवतरण गर्ने यात्रुहरुलाई सेनेटाइजर प्रयोग गर्न लगाउने र कोरोनाबाट बच्ने उपाय उल्लेख गरिएको पर्चा बितरण गर्ने गरिएको हेल्प डेस्कमा खटाईएका उपमहानगरका स्वास्थ्य कर्मचारी अनिल कुमार दासले बताए ।





Write your Comment