सिमराको जनकल्याण साकोसद्धारा मध्यवर्ती वन समुहसंग अन्तरकृया

रातोघर

 २०७६ फागुन २५, आईतबार  मा प्रकाशित
२८६ पाठक संख्या


सिमरा ।

बाराको सिमरामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले एक भब्य समारोहका बिच अन्तरकृया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।
मध्यवर्ती क्षेत्र भित्रका बन समिती र समुहहरुको बिचको समन्यवनात्म भुमिकामा प्रभावकारीता ल्याउन सहकारीले बन र बन्यजन्तु संरक्षणको पाटोमा लाग्ने सरोकारवाला निकायबिच सहकारीले सो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ती बन क्षेत्रको संरक्षणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको भन्दै सहकार्य आवश्यक रहेको जिकिर गरे । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले सहकारी अभियान अन्तर्गत सहकारी शिक्षा र संरक्षणलाई संगसंगै अगाढी बढाउन सम्बद्ध निकायसंग आग्रह समेत गरे ।

यस्तै कार्यक्रममा भिमेश्वर सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पेसल मुल्मीले मध्यवर्ती बन क्षेत्रलाई पर्यटन प्रवर्धनसंग जोडेर पर्सा राष्ट्रिय निकुञ्जलाई नै प्रर्यटन हबका रुपमा बिकास गर्न सहकारी मार्फत अभियान सुरु गर्न सकिने बताए ।

यसैबिच मुसहर्नीमाई सामुदायिक बनका अध्यक्ष कुबेर न्यौैपानेले मध्यवर्ती क्षेत्रभित्रका सबै बनसमुहहरुले सहकारी मातहत आर्थिक कारोबार गर्न आवस्यक रहेको बताए । उनले सहकारीले बन क्षेत्रलाई समेटन नसकेको प्रति टिप्पणी गर्दै आगामी दिनमा सहकारीले समेत आफुलाई परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा जनकल्याण साकोसका अध्यक्ष मदुसुधन सिटौलाले मध्यवर्ती बन क्षेत्रकै बितिय ब्यवस्थापनका लागी सहकारीको जन्म भएको भन्दै क्षेत्र मातहतका बन समुह र समितीहरुलाई सहकारीको बितिय सेवालाई उपयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा नवनिर्वाचित राधाकृष्ण मध्यवर्ती सामुदायिक बनका अध्यक्ष सत्य बहादुर श्रेष्ठ, प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नलिन्द्र बहादुर क्षेत्री, सहकारी बिज्ञ रमेश पण्डित लगाएतले अन्तरकृयामा आफ्नो बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रममा मध्यवर्ती क्षेत्रभित्रका बन समिती र समुहका पदाधिकारी, सदस्यहरु लगाएतकाको उपस्थिती रहेको कार्यक्रम सहकारीकी बरिष्ठ उपाध्यक्ष कमला घिमिरेको स्वागतमा आयोजना भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban