चन्दका जिल्ला इन्चार्ज पक्राउ

रातोघर

 २०७६ फागुन २५, आईतबार  मा प्रकाशित
२३४ पाठक संख्या


बारा — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली परियारलाई आइतबार पक्राउ गरेको छ । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनलाई जीतपुरसिमरा उपमहानगरपालिकको जीतपुर बजारबाट पक्राउ गरिएको हो । नकडोलीबाट राजनीतिक कागजात पनि बरामद गरिएको उनले बताए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ घर भई नारायणी ब्यूरो सदस्यसमेत रहेका नकडोली बारामा पार्टीको इन्चार्जको हैसियतमा काम गर्दै आएको मिश्रले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban