धाकधम्कि दिएर बारामा ७३ वर्षीयबाट किशोरी बलात्कृत

रातोघर

 २६ फाल्गुन २०७६, सोमबार १९:०८  मा प्रकाशित
२९१ पाठक संख्या



बारा : बाराको निजगढ नगरपालिका-१० लालमा एक किशोरी बलात्कृत भएकी छिन्। स्थानीय ७३ वर्षीय बृद्धबाट १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन्।

पटक–पटक बलात्कृत हुँदै आएकी उनलाई पछिल्लो पटक पाँच दिनअघि घाँस काट्न गएको बेलामा मकैबारीमा बृद्धले पुनः बलात्कारको सिकार बनाए।

बलात्कारका कारण गुप्तांगमा चोट लागेपछि पिसाब गर्न असहज भएपछि बालिकाले घटना बाहिर ल्याएकी हुन्। बलात्कारको घटना प्रहरीमा आइतबार साँझ मात्र आइपुगेको हो। वृद्धले विभिन्न प्रलोभन देखाएर धाकधम्की दिएर जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ। वृद्धले दुई हप्ताको बीचमा ५ पटकसम्म बलात्कार गरेको बालिकाले बताएको एक स्थानीयले बताए। उनका अनुसार बालिकाले बलात्कार भएको घटनास्थलसमेत देखाएकी थिइन्।

गाउँमै मिलाउने प्रया

बालिका बलात्कारको घटनालाई गाउँमै मिलाउने प्रयास भएको थियो। पैसा दिएर घटना मिलाउने प्रयास गरिए पनि केही स्थानीयले बालिका बलात्कार गर्नेलाई छुट दिन नहुने भन्दै विरोध जनाएपछि घटना प्रहरीसम्म पुगेको हो। वृद्धलाई स्थानीयले गाँउमै रहेको सशस्त्र प्रहरी बेस बुझाएका थिए।

उनलाई इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी चौकी रतपुरको टोलीले नियन्त्रणमा लिएर आइतबार राति नै पीडित बालिकासहित स्वास्थ्य परीक्षणका लागि चन्द्रपुर अस्पताल पठाइएको थियो।

अनुसन्धानको लागि म्याद थप

घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार वृद्धलाई जिल्ला अदालत बारा कलैयामा पेश गरेको थियो। ७ दिनको म्याद थप भई अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले बताए।

यसैबीच पीडित बालिकाका बुवाले बृद्धलाई कारबाहीको लागि सोमबार किटानी जाहेरी दिएका थिए। वृद्धले पीडित बालिकाकी आमालाई समेत यौन दुर्व्यवहार गरेको उनका पतिले बताए । ‘पहिले गाउँसमाजको कुरा सुनेर घटनालाई बाहिर ल्याइनँ,’ उनले भने–अहिले त छोरीलाई पनि बाँकी राखेन। अब चुप लागेर बस्दिनँ।’

थाहाखबर

Write your Comment