

जीतपुरसिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयले कोरोना भाईसर विरुद्धको जनचेतना अभिवृद्धि अभियान शुरु गरेको छ । कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला वडाबासीहरुलाई सचेत गराउन वडा कार्यालयले कोरोना भाईसर विरुद्धको अभियान शुरु गरेको हो ।
वडा कार्यालयले अभियान स्वरुप १५ सय मास्क वितरण गरेको छ । सचेत युवाहरुको सहयोगमा वडा कार्यालयले १५ सय मास्क वितरण गरेको वडा अध्यक्ष केदार बजगाईले जानकारी दिए ।
१५ सय मास्क मध्ये १०० वटा मास्क जनजागृती माद्यमिक बिद्यालय सखुवाघाटलाई वितरण गरिएको अध्यक्ष बजगाईले बताए । अभियान अन्तर्गत जनचेतना मुलक कार्यक्रम, टोल टोलमा पुगेर कोरोना भाईरस विरुद्ध लड्ने क्षमताको विकास, सरसफाई सम्बन्धी चेतना मुलक कार्यक्रम लगायत गरिने अध्यक्ष बजगाईले जानकारी दिए ।





Write your Comment