प्रदेश २ को नाम ‘जानकी प्रदेश’ अस्वीकृत

रातोघर

 २०७६ चैत्र ४, मंगलबार  मा प्रकाशित
४४१ पाठक संख्या


जनकपुरमा मंगलवार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले खारेज भएको हो ।

एक सय ७ जना सांसदले मतदान गरेकोमा ‘जानकी प्रदेश’ को पक्षमा ३७ वटा मत मात्रै खसेको छ, भने विपक्षमा ७० मत परेको छ ।

प्रदेश २ को नामांकरणका लागि गोप्य मतदान प्रक्रियाबाट प्रदेशसभा अघि बढेको हो ।

नेकपाको प्रस्ताव अस्वीकृत भए पछि अब कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को लागि मतदान हुने बताईएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban