पैसामा कोरोनाको खतरा : सिमराका बितिय संस्था उच्च सतर्कतामा

रातोघर

 २०७६ चैत्र ६, बिहिबार  मा प्रकाशित
७९९ पाठक संख्या


सिमरा ।

पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि जीतपुरसिमराका बितिय संस्थाहरु पनी सचेत बनेका छन् ।

बिभिन्न अन्तराष्ट्रिय अध्ययनका अनुसार पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि भइसकेको छभने कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने अध्ययनमा देखिएको छ ।

सोही अनुरुप कोरोना भाइरसबाट बच्न पैसाबाट पनी बच्नुपर्ने भन्दै बितिय संस्थाहरु पनी सचेत रहन आवश्यक देखिएको जनकल्याण बचत तथा ऋण सहकारी संस्था सिमराका प्रवन्धक सुरेन्द्र भट्ट बताउँछन् । उनले सहकारीले पनी केही दिनदेखी उच्च सतर्कताका साथ संस्थाबाट सेवा दिइरहेको बताए ।

कोरोना भाइरसले विश्वव्यापी रूपमा प्रभाव जमाउँदै गएसँगै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

यस्तै छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै– भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैङ्कबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययन अनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ ।

पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुने समेत अध्ययनले देखाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban