बाराको सिमरामा सडक यात्रु लक्षित कोरोना बिरुद्ध सडक सचेतना

रातोघर

 २०७६ चैत्र ६, बिहिबार  मा प्रकाशित
४१७ पाठक संख्या


सिमरा ।

बिश्वभर कोरोनाको त्रास फैलिरहेका बेला नेपालले पनी उच्च सतर्कता अपनाइरहेको छ । यसैबिच बाराको सिमरामा आज बिहानदेखी मुख्य सडकमा ‘हेल्प डेस्क’ स्थापना गरी कोरोना बिरुद्ध सचेतना र सुरक्षा अभियान शुरु गरिएको छ ।

जीतपुरसिमराको वडा नम्बर १ र २ का जनप्रनिधिहरुको सकृयतामा सहयोग कक्ष स्थापना गरिएको हो । सडकपेटीमा आवतजावत गर्ने यात्रु तथा सवारी साधनबाट ओहोरदोहोर गर्ने यात्रुलाई लक्षित गरी कोरोना बिरुद्धको अभियान शुरु गरिएको जीतपुरसिमरा उपमहानगरपालीकाकी कार्यपालीका सदस्य शोभा कार्कीले बताइन् ।

डेस्कमा हात धुने सेनेटाइजर लिक्विड सहित थर्मास्क्यान मेसिन र डाक्टरहरुको टोलीको सहयोगमा यात्रु परिक्षण शुरु गरिएको हो । कोरोना बिरुद्धको सरसफाई अभियान घरघरबाटै शुरु गर्नुपर्ने र सचेत बन्नुपर्ने चेतना दिन पनी यस डेस्कले सहयोग गर्ने वडा नम्बर १ का जनप्रतिनिधि रामचन्द्र लामाले धारण राखे ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban