श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान गर्ने

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
३२१ पाठक संख्या


श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान गर्ने
काठमाडौं । श्री एयरलाइन्सले सिमरा उडान सुरु गर्ने भएको छ । श्रीले आगामी सोमबारदेखि सिमरामा टर्वोपर्प जहाजबाट सेवा सुरु गर्न लागेको हो ।

८० सिट क्षमताको ड्यास एट क्यू-४०० जहाजले काठमाडौं–सिमरा–काठमाडौं दैनिक २ वटा उडान गर्ने श्रीका प्रबन्धक अनिल मानन्धरले बताए ।

श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको छ ।

काठमाडौं–सिमरा उडानको भाडा दर ३ हजार रहेको श्रीले जनाएको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू४०० जहाज ल्याएको थियो । श्रीले सोही जहाज थप्ने घोषणा पनि गरिसकेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban