प्रदेश २ का सार्वजनिक सवारी साधनहरुमा टाईम कार्ड लागु

रातोघर

 २०७६ चैत्र ७, शुक्रबार  मा प्रकाशित
४८० पाठक संख्या


बारा । प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले शुक्रवारबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरुलाई टाईम कार्ड लागु गरेको छ ।

सडक सुरक्षा सचेतना अभियान अन्तरर्गत प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाले यो अभियानका रुपमा शुरु गरेको हो ।

अभियान अन्तरर्गत प्रदेश ट्राफिक कार्यालय पथलैयाले लामो दुरीका सवारी साधनहरुलाई निःशुल्क रुपमा टाईम कार्ड बितरण गरेको छ । दुरीका अनुसार प्रत्येक ट्राफिक चेक प्वाईन्टलाई ध्यानमा राखेर टाईम कार्डमा समय निर्धारण गरीएको छ ।

प्रदेश नम्बर २ दुर्घटनाको उच्च जोखिम भएको प्रदेशको रुपमा रहेकोले यस दरलाई न्युनिकरण गर्ने उद्देश्यसहित ”सडक सुरक्षा सचेतना अभियान” अभियानको रुपमा टाईम कार्ड लागु गरेको प्रदेश नम्बर २ प्रदेश ट्राफिक कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए ।

यस प्रदेशका ८ वटै जिल्लाबाट शुरु गरीएको यस अभियानको क्रममा चालकलाई सार्वजनिक सवारी साधनमा डस्टबिन र आगो नियन्त्रक साधन अनिवार्य राख्नुका साथै चालक ज्याकेट लगाउँन चालकहरुलाई अभिप्रेरित गरिने प्रहरी उपरिक्षक महतोले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban