

सिमरा ।
कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखिन थालेपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सिमरा र जितपुर बजार बन्द गरेको छ । सार्वजनिक सुचना नै जारी गरेर जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले ३ दिन बजार बन्द गरेको हो ।
आजदेखि जीतपुरसिमरा उपमहानगरपालिकाभित्र रहेका बजार चैत्र १२ गतेसम्मका बन्द गरिएको नगर उद्योग वाणिज्य संघले जनाएको छ । बजार बन्द भएपछि शर्वसाधारणको चहलपहलमा पनि कमि आएको छ ।
बन्दका कारण सिमरा र जितपुर सुनसान देखिएको छ । ब्यापारीहरु पहिले बाचौँ अनि ब्यापार गरौँला भन्दै कोरोना बिरुद्ध सेल्फ क्वारेन्टानमा रहने प्रतिबद्धता जनाएपछी बजार बन्द भएको हो ।





Write your Comment