जनता मा.बि. रजघट्टाको कोरोना बिरुद्ध घरदैलो : ‘अभिभावकलाई साबुन’

रातोघर

 १० चैत्र २०७६, सोमबार १५:४७  मा प्रकाशित
३१६ पाठक संख्या



सिमरा ।
बाराको जीतपुरसिमरा स्थित श्री जनता माध्यामिक बिद्यालय कृषि प्राविधिक शिक्षालयका शिक्षक र कर्मचारी आइतबार बिद्यालयमा भेला भए र साबुन बोकेर आफ्ना अभिभावक र घरघरमा पुगेका छन् । उनीहरुले कोरोना भाइरस बिरुद्ध चेतना दिन बिद्यालय बन्द गरेर घर पठाएका आफ्ना बिद्यालयका बालबालीकाको अवस्था बुझ्न पनी घरदैलो अभियान संचालन गरेका हुन् ।

सरकारले २५ जना भन्दा बढी भेला हुन नपाइने र बिद्यालय नै बन्द गर्ने घोषणा गरेपनी यहाँका शिक्षक र कर्मचारी चार चार जनाको समुह बनाई अभिभावकका घरमा पुग्ने कार्यक्रम बनाएका हुन् ।

उनीहरुले कोरोना भाइरस बिरुद्धको जानकारीमुलक पर्चा सामग्री र साबुन बोकेर अभिभावक सामु पुग्दा उनीहरुमा सकारात्मक सन्देश जाने र यो कठिन समयमा शिक्षित बर्गहरु घरमा लुकेर बस्नुभन्दा सुरक्षित भई अभियानमा लाग्न आवस्यक रहेको बिद्यालयका प्रध्यानाध्यापक राजु प्रसाद अधिकारीले बताए । बिद्यालयले वडाका एक दर्जनभन्दा बढी स्थानमा कोरोनाबारेको सन्देशमुलक ब्यानर समेत टाँस गरेको छ ।

बिद्यालयलाई साबुन र पर्चा सामग्री छाप्ने आर्थिक जीतपुरसिमराको वडा नम्बर १४ को कार्यालयले ब्यवस्था गरेको थियो । कार्यक्रममा वडाका अध्यक्ष रामशरण बर्तौला सहित अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

Write your Comment