होटल ब्यवसायीको प्रतिबद्धता : सरकारलाई कुनै पनि सहयोगमा तयार

रातोघर

 २०७६ चैत्र ११, मंगलबार  मा प्रकाशित
५२२ पाठक संख्या


सिमरा ।
होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश नम्बर २ ले बिस्वभर त्रासदी पुर्ण महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (covid19) को प्रभावको मध्यनजर गर्दै उच्च जोखिम बाट हाम्रो देश नेपाललाई जोगाउन नेपाल सरकारले चालेको कदमको हार्दिक स्वागत गरेको छ।
आज महासंघका प्रदेश २ महासचिव तथा जिल्ला अध्यक्ष मोहन शर्माले बिज्ञप्ति जारी गर्दै विभिन्न संचार माद्यमबाट विभिन्न समयमा प्रसारित सत्य एबम भ्रमपुर्ण समाचारहरुबाट ध्यानाकर्षण भयको जनाएका छन् । विभिन्न संघ सस्थाहरु बाट हतारमा निकालियको प्रेस बिज्ञपति र प्रेषित ज्ञापनपत्र प्रती पनि महासंघको ध्यानाकर्षण भएको लेखिएको छ।
यो बिपत्तिको बेला नेपाल सरकारसङ्ग घर भाडा, बैक ब्याज, किस्ता, कर्मचारी खर्च लगायतका सर्त राखेर आ-आफ्नो होटल क्वारेन्टाइन र आईसोलेसन वार्डको लागि दिने निर्णय गर्नु भन्दा पनि सरकारलाई आवस्यक पर्दा बिना सर्त सहयोग गर्नु पर्छ भन्ने हाम्रो महासंघ को धारणा रहेको प्रेस जगत मार्फत सबैमा अनुरोध गर्दछौ बिज्ञप्तिमा भनिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban