बारामा लकडाउन उल्लंघन गर्ने १३ जना पक्राउ

रातोघर

 १२ चैत्र २०७६, बुधबार २१:१६  मा प्रकाशित

 

 

: बारामा लकडाउन उल्लंघन गर्ने १३ जना पक्राउ परेका छन् ।

निषेधाज्ञा आदेशलाई पालना गराउने सिलसिलामा आदेश अवज्ञा गरेको पाईएपछी पक्राउ गरिएको प्रहरी प्रबक्ता मिश्रले बताउनुभयो ।

उनिहरुलाई संक्रमण रोग २०२० अनुसार कारवाहिका लागि जिल्ला प्रशासन कार्यालय बारामा बुझाईएको उहाँले बताउनुभयो ।

त्यसैगरी लकडाउन उल्लंघन गरी चलाईएका एक सय १९ वटा सवारीसाधन कारवाहीमा परेका छन् ।

कोरोना संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको घोषणालाई अवज्ञा गर्दै अनावश्यक रुपमा चलाईएका एक सय १६ मोटरसाईकल, अटो १, ट्रयाक्टर १ र एउटा सेन्ट्रो गाडी नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक मिश्रले बताउनुभयो ।

Write your Comment