बारा लकडाउन: बारामा गाउँ पस्ने नाका अवरुद्ध

रातोघर

 १३ चैत्र २०७६, बिहीबार १६:४२  मा प्रकाशित
२४४ पाठक संख्या



सिमरा : कोरोना संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बाराका ग्रमिण क्षेत्रहरुमा समेत प्रभाव परेको छ ।

बजार क्षेत्रहरु मंगलबारदेखीनै सुनसान देखीएपनी ग्रामिण भेगमा भने नागरीक लकडाउन अवज्ञा गर्दै चोक चौतारमा घुमिरहेका देखिन्थे । तर आज लकडाउनको प्रभाव ग्रामिण भेगमा समेत देखिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो ।

प्रशासनले निरन्तर सुचना जारी गर्दै नागरिकलाई घरभित्रै रहन आग्रह गरीरहेको र शुरक्षाकर्मीहरुले सचेत जनचेतना बाँडीरहेकाले तेस्रो दिन आईपुग्दा यसको असर राम्रो देखिएको गैरेले बताउनुभयो ।

यसैबिच जिल्लाका मुख्य बजार र राजमार्गबाट गाउँ पस्ने नाकाहरु स्थानीयले नै अवरुद्ध गरेका छन् । गाउँमा बाहिरी मानीसको प्रवेशमा रोक लगाउन सडकमा ड्रम, काठ, ढुंगा ईत्यादी राखिएका छन् ।

त्यसैगरी गाउँमा पछिल्लो समय बैदेशिक रोजगारीबाट फर्केकाहरुको पहिचान गरी अस्पतालसम्म पु¥याउन समेत नागरिक आफैले सहयोग गरिरहेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठले बताउनुभयो ।

Write your Comment