पर्सागढीको क्वारेन्टाइनमा तीन जनालाई भर्ना

रातोघर

 १६ चैत्र २०७६, आईतवार २१:१२  मा प्रकाशित

पर्सागढी : पर्साको पर्सागढी नगरपालिकाको क्वारेन्टाइनमा आइतबार तीन जना भर्ना भएका छन्। पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरमा रहेको अस्थाई क्वारेनटाईनमा बिदेशबाट आएका तीन जना लाई भर्ना गरिएको हो ।

सात दिन अघि भारतको दार्जिलिङ र सिलुगढिबाट आएका पर्सागढि नगरपालिका वाड न ३ औरैया निवासी बर्ष २० वर्षिय दुई युवा र १० दिन अगाडि दुबइबाट आएका सोहि ठाउकै ३५ वर्षिय अर्का एक युवालाई क्वारेन्टाइनमा राखीएकोे वडा सदस्य अरुण प्रकाश रेग्मीले बताए ।

बिदेशबाट घर फर्केकाहरु गाउँमा आउदा गाउमा त्रास बढेपछि क्वारेन्टाइनमा पठाइएको र उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा चौध दिन सम्म क्वारेनटाइनमै राखीने नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख जोगिन्द्र पंजियारले बताए ।

नगरपालिकाले हरपुर र बागेश्वरीमा पाँच/पाँच बेडको अस्थायी क्वारेनटाईन बनाइएको र आवस्यकता अनुसार थप गरिने पनि उनले बताए ।

Write your Comment