निजगढका मनोज भारतिले गरे समता स्कुललाई ५० हजार रकमको घरभाडा छुट

रातोघर

 १७ चैत्र २०७६, सोमबार १०:४८  मा प्रकाशित

निजगढ । 

कोरोना संक्रमणको त्रास देशैभरी फैलिएपछी नेपाललाई पनी त्यसको असर परेको छ । देशको शैक्षिक संस्थाहरु सहित देश नै ठप्प छन् ।

यसैबिच लकडाउनको समय झन थपिएपछि बाराको निजगढमा रहेको समता एजुकेशन फाउन्डेसन ट्रस दृरा सन्चालित समता निकेतन निजगढको घर बाहाल भाडा भने निजगढका समाजसेवि तथा युवा ब्यवसायि मनोज भारतिले एक महिना बराबरको रकम ५० हजार छुट गर्ने निर्णय गरेका छन ।

भारतिले यो माहामारिबाट स्कुल सन्चालन गर्न नपाएको हुदा सो रकम छुट गर्ने घोषणा गरेका हुन । उनि काठमाडौमा रहेको फिटवेएर गारमेट सन्चालन गर्दै आएका छन लामो समय बैदेशिक रोजगारको निम्ति बिदेश बसेर आएका भारति पछिल्लो समय नेपालमा नै सयौलाई रोजगार दिईरहेका छन उनलाई नेपाल सरकारले गतबर्ष मात्र राष्ट्रिय उध्यमि पुरस्कारबाट सम्मान गरिसकेको छ ्रकेहि नया र सामाजिक सेवा गर्न रुचाउने भारति नेपालमा रहेका हरेक क्षेत्रका सध सस्थाहरुलाई सहयोग गर्दै आएका छन ।

निजगढमा भने उनि पहिलो घरभाडा छुट गर्ने ब्यक्ति हुन् ।

Write your Comment