रौतहटमा लकडाउनका बेला बलात्कार गरी भिडियो बनाएपछि….

रातोघर

 १७ चैत्र २०७६, सोमबार १०:५५  मा प्रकाशित

रौतहट ।

लकडाउनका समयमा रौतहटमा दुईजना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यसप्रकारको घटना सार्वजनिक भएको हो ।

रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर नगरपालिकाकी आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।

फतुवामा स्थानीय १८ वर्षीय नवल पासवानले छिमेककी ८ वर्षीया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिबार राती घरबाट नजिकैको किराना पसलमा खाने तेल किन्न गइरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर पासवानले नजिकैको गल्लीमा लगेर बलात्कार गरेको बताइएको छ । पीडा सहन नसकेर बालिका रूने र चिच्याउने गरेपछि घटनाबारे थाहा पाएका स्थानीयले पासवानलाई समातेर प्रहरीमा खबर गरेका थिए ।

Write your Comment