

नेपालमा रहेका भारतीय नागरिकलाई रोक्न भारतीय प्रहरीले मितेरी पुलनजिक हवाई फायर गरेको छ ।
मितेरी पुल नजिक जम्मा भएका करीब ४ सय जति भारतीय नागरिकहरु बिहानैदेखी भारततर्फ जाने प्रयासमा रहेपनि भारतीय प्रहरीले रोकेका कारण सीमा क्षेत्रमै बसेका छन् । भारतमा जाने अडानमा रहेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीहरु सम्पुर्ण लकडाउन रहेकोले भारतमा अहिले जान नदिने बताएका छन् ।
यसैक्रममा उनीहरुले नेपाल भारतको सीमाको नदी पार गर्दे भारततर्फ जाने प्रयास हारेपछि भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरुले हवाइ फायर गरेका छन ।
भारतीय प्रहरीले भारत प्रवेशमा रोक लगाएपछि नेपालमा रहेर काम गर्ने भारतीय मजदुर तथा कामदारहरु सीमा क्षेत्रमा अलपत्र परेका छन् ।





Write your Comment