

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ ले अति विपन्न सय घरधुरीलाई खाद्यान्न सहयोग वितरण गरेको छ । हिमाली फुड्स कम्पनिको सहयोगमा यस वडाले वडा नम्बर २३ भलुहीका सय परिवारलाई खाद्यान्न वितरण गरी सहयोग गरेको हो ।
विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कारोनाका कारण केहि समय यता नेपाल सरकारले लकडाउन गरेका कारण त्यसबाट दैनिक ज्यालादारी गरी बिहान बेलकाको छाक टार्ने अति विपन्न परिवारलाई खान समेत गाह्रो भएको भन्दै यस वडाले आफ्नो सक्रियता देखाउदै खाद्यान्न समाग्री सहयोग गरेको हो ।
भलुहीको कृषि टोल, नहर टोल, दलित टोल र ताजपुर टोलमा प्रत्येक ब्यक्तिलाई ५ किलो चामल, १ किलो दाल, ५ किलो पिठो, ५ किलो आलु, २ मिलो प्याज र एक लिटर खाने तेल सहयोग समाग्री वितरण गरेको वडा अध्यक्ष असलम देवानले जानकारी दिनुभयो ।
खाद्यान्न समाग्री सहयोग वितरण कार्यमा वडा अध्यक्ष देवान सहित वडाका सदस्य र हिमाली फुड्स कम्पनिका संचालकको उपस्थिती रहेको थियो ।





Write your Comment