युवा नेता गुप्ताले गरे बाबा मार्केटको घरभाडा नलिने घोषणा

रातोघर

 २२ चैत्र २०७६, शनिबार ०९:२१  मा प्रकाशित
३८० पाठक संख्या



सिमरा ।

नेपाली काग्रेसका नगर सभापति श्यामबाबु गुप्ताले सिमरामा रहेको बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गरेका छन् ।

कोरोना भाईरसबाट सबै क्षेत्र अस्तव्यस्त भएपछी ब्यापार ब्यवसाय समेत धरासायी बनेका बेला नगर सभापति गुप्ताले बाबा मार्केटको चैत्र महिनाको कोठा भाडा नलिने घोषणा गरेका हुन ।

बाबा मार्केटका सञ्चालक रहेका गुप्ताको यो घोषणा निकै प्रशंसनीय रहेको स्थानियले टिप्पणी गरका छन् ।

यो घोषणाबाट बाबा मार्केटका झन्डै ३२ सटरमा ब्यवसाय संचालन गर्ने ३ दर्जन व्यवसायी लाभान्वित भएका छन् । उनले करिब ३ लाख बराबरको ब्यवसायीबाट प्राप्त हुने सटर भाडा नलिने घोषणा गरेका हुन् ।

उनले यो बिपतका बेला ब्यवसायीको मनोबल उच्च राख्न सिमराका अन्य घर मालिकहरुले पनी घर भाडा मिनहा गरी मानवियता प्रस्तुत गर्न आवश्यक रहेको बताए ।
धार्मिक स्वभावका उनले बिभिन्न समयमा बिपतका बेला सकृय रहने गुप्ताले सामाजिक सेवाबाट ख्याती कमााउँदै आएका छन् ।

Write your Comment