भारतमा कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो, एकैदिन १४ जनाको मृत्यु

रातोघर

 २०७६ चैत्र २२, शनिबार  मा प्रकाशित
४९५ पाठक संख्या


 

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३ हजार नाघेको छ । बुधबार मात्रै त्यहाँ ५१६ नयाँ संक्रमित थपिँदा १४ जनाले ज्यान गुमाएका छन् ।

योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ पुगेको छ । त्यहाँ २२९ संक्रमित भने उपचार गरेर घर फर्किसकेका छन् । भारतमा पहिलो पटक १५ अप्रिलमा कोरोना संक्रमित भेटिएका थिए ।

यस्तै, पाकिस्तानमा संक्रतिमको संख्या २७ सय पुगेको छ । त्यहाँ कोरोना संक्रमणबाट ४० जनाको ज्यान गइसकेको छ ।

गत डिसेम्बरमा चीनको वुहानमा देखिएको यो भाइरस विश्वका २०५ देशमा फैलिसकेको छ । शनिबार बिहानसम्म ११ लाख १७ व्यक्ति संक्रमित हुँदा ५९ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

२ लाख २९ हजार कोरोना संक्रमित भने उपचारपछि घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी व्यक्ति अमेरिकामा प्रभावित भएका छन् ।

वल्डमिटर इन्फाेकाे पछिल्लो तथ्यांअनुसार त्यहाँ २ लाख ७७ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये अमेरिकामा ७ हजार ४ सयको ज्यान गइसकेको छ ।

इटालीमा सबैभन्दा बढी १४ हजार ६ सय व्यक्तिको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban