बारामा लकडाउन उल्लंघन गर्ने १४ जना पक्राउ

रातोघर

 २०७६ चैत्र २३, आईतबार  मा प्रकाशित
९८५ पाठक संख्या


बारा : कोरोना भाइरसको जोखिमलाई ख्याल गरेर सरकारले आह्वान गरेको लकडाउन र जिल्ला प्रशासन कार्यालय बाराद्वारा जारी भएको निषेधाज्ञा आदेशलाई उल्लंघन गर्ने १४ जना पक्राउ परेका छन्।

जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय बारामा पठाइएकोमा कार्यालयबाट जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

प्रहरीले अवज्ञा तथा उल्लंघन गर्ने २३ वटा मोटरसाइकल पनि नियन्त्रण लिएको छ। पक्राउ परेका सवारी साधन समेत नियन्त्रणमा लिई जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ।
Thahakhar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban