लकडाउनले घरमै बसेका कर्मचारीलाई पनि खटाउँदै सरकार, तयार पार्‍यो १० वटा कामको सूची

रातोघर

 २०७६ चैत्र २७, बिहिबार  मा प्रकाशित
३५२ पाठक संख्या


काठमाडौं ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले लकडाउन गरेर अत्यावश्यक सेवा दिने निकायमा कार्यरतबाहेक घरमै बस्न भनेका राष्ट्रसेवक कर्मचारीलाई पनि काममा खटाउने भएको छ ।

संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउन प्रभावकारी बनाउन उनीहरूको लागि १० वटा कामको सूचीसमेत तयार पारेको छ ।

मन्त्रीस्तरको निर्णयअनुसार आफूभन्दा एक तहमाथिको कर्मचारीसँग नियमित सम्पर्कमा रहेर टेलिफोन, इन्टरनेटलगायतको प्रविधि प्रयोग गरेर घरबाटै गर्नसक्ने काम गर्न मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै, कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्‍न सरकारको निर्देशनलाई पालना गर्न परिवारका सदस्य र सम्पर्कमा रहेका व्यक्तिहरूलाई सहजीकरण गर्ने, आफू बसेको ठाउँ वरपर कोभिड–१९ प्रभावित स्थानबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्‍न अनुरोध गर्ने नबसेको पाइए वडा कार्यालय, प्रहरी प्रशासनमा खबर गर्न भनिएको छ ।

त्यस्तै मन्त्रालयले सरकारका निकाय तथा स्थानीय तहबाट संचालन गरिएका लगत संकन राहत वितर जस्ता कार्यमा सहयोग पुर्‍याउन, दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा बढेको पाइएमा सोको जानकारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग/कार्याल/प्रमुख जिल्ला अधिकारी/स्थानीय तह तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन भनेको छ ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban