कोल्हबी ८ मा राहत बितरण, फोटो खिच्न प्रतिबन्ध

रातोघर

 २०७६ चैत्र २८, शुक्रबार  मा प्रकाशित
४५९ पाठक संख्या


सिमरा ।

बाराको कोल्हबी नगरपालीका ८ मा बिहिबार वडा नम्बर ८ ले राहत बितरण गरेको छ । बिश्वभरी नै फैलिएको कोभिड १९ को महामारी नियन्त्रण गर्न नेपालले पनी लकडाउन गरेपछी ज्यालामजदुरी गर्नेले छाक टार्न सकस् बेहोरिरहेका छन् ।

उनीहरुलाई खाद्यान्न अभाव भएपछि नगरपालिकाले उपलब्ध गराएको सामग्री वडाले त्यस्तो परिवारलाई वितरण गरेको हो ।

नगरपालिकाले निर्देशन दिए जस्तै दुइटै वडाले तिन प्याकेज भित्र रहेर सो राहत वितरण गरेको छ । उक्त निर्देशन अनुसार प्याकेज एकमा दुईजना सम्मको परिवार जसलाई दश के.जी. चामल, एक के.जी. दाल, एकै प्याकेट नुन, दुई के.जी. आलु र आधा लिटर खाने तेल बाँडिएको थियो भने प्याकेज दुईमा ४ जना सम्मको रहेको परिवारलाई बिस के.जी. चामल, दुई के.जी. दाल, एक पैकेट नुन, तिन के.जी. आलु र एक लिटर तेल वितरण गरिएको थियो ।

त्यस्तै प्याकेज तिनमा चार जना भन्दा माथि निर्देशन गरिएको परिवारलाई पच्चीस के.जी. चामल, दुई के.जी. दाल, दुई पैकेट नुन, पाँच के.जी. आलु र एक लिटर तेल दिइएको थियो ।

कोल्हबी ८ मा करिब १ सय ७० अतिविपन्न घरपरिवारलाई सो राहत बितरण गरिएको हो ।

समाजीक दुरी कायम रही गरिएको यस कार्यक्रमलाई पारदर्शी रुपले सफल बनाउन वडा नम्बर ८ ले निर्वा्चित सम्पुर्ण जनप्रतिनिधि लगायत स्थानिय चुनावका प्रत्यासी सबै दलका उम्मेदवारलाई समेटी समिति बनाएर सो राहत वितरण गरेको छ ।

 

यसैबिच बिहिबार नै कोल्हबी नगरपालीका ७ मा पनी राहत बितरण गरिएको छ । नगरले वडा भरी एकरुपता कार्यम गर्न बितरणमा एकद्धवार प्रणाली अपनाएको छ ।

नगरले राहतका लागी आवस्यक पर्ने चामल, दाल, तेल आदी भण्डारण गरी राखेको छ । आवश्यकता अनुसार सबै वडामा बितरण शुरु गरिएको भन्दै नगर प्रमुख भरत बहादुर भण्डारीले नगरमा यो बिपत्तीको समयमा छाक टार्न कसैलाई समस्या नहुने बताए ।

यसैबिच राहत बितरणको फोटो सामाजिक संजालमा प्रयोग गर्न नगरले प्रतिबन्ध गरेको छ । संचारकर्मी बाहेक अन्यलाई राहत बितरणको फोटो खिच्न नपाइने गरी राहत बितरण सम्पन्न गरिएको वडा ८ का अध्यक्ष सार्थक पौडेलले जानकारी दिए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban