

सिमरा ।
कोरोना भाइसले बिश्व आक्रान्त बनिरहेका बेला बिभिन्न टोल र वडामा संक्रमण बिरुद्धको औषधी छिट्ने काम भइरहँदा संगै लामखुट्टे नासक औषधी पनी छ्टिन शुरु गरिएको छ ।
जीतपुरसिमराका बिभिन्न वडामा स्थानिय तहको सकृयतामा औषधी छिटन्े कार्य भइरहँदा जीतपुरसिमराको वडा नम्बर ३ स्थित रामबनमा स्थानिय युवा आफैँ लामखुट्टेको औषधी छिट्ने कार्यमा सकृय देखिएका छन् ।
स्थानिय समाजसेवी रबि श्रेष्ठको नेतृत्वमा त्याहाँका स्थानिय युवाले गाउँ गाउँमा समुह बनाएर लामखुट्टेको औषधी छिटेका छन् । उनीहरुले वडा कार्यालयमा पहल गरी औषधी लिएर आफैँ सकृय भएर औषधी छिट्न लागी परेका हुन् ।





Write your Comment