

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित कोरोना बिशेष अस्थाई अस्पतालका लागी सिमरा जेसिसले उपचार सामग्री हस्तान्तरण गरेकोछ ।
सिमरामा संचालनमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा प्रारम्भिक उपचारका लागी समेत समस्या भएका कारण सिमरा जेसिसले १५ थान उपचारमा प्रयोग गर्ने चस्मा र १५ थान फेस सिल्ड बितरण गरेको हो ।
सिमरा जेसिसले प्राथमिक स्वास्थ्य केन्द्र सिमरा कार्यालयमा पुगेर हस्तान्तरण गरेको हो । सो सामग्री अस्पतालका प्रमुख डा. अनुश था लाई हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोबिन्द पुरी, वडा नम्बर २ का जनप्रतिनिधि रामचन्द्र अधिकारी, समाजसेवी हरी अधिकारी लगाएत जेसिसका अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
जेसिसले यसअघि पनी कोरोना अस्थाई अस्पताललाई पिपिई हस्तान्तरण गरेको छ । आगामी दिनमा यस कोरोना महामारी संक्रमण रोकथामका लागी आवस्यक पर्ने अन्य सहयोग पनी गर्ने प्रतिवद्धता समेत जनाएको छ ।





Write your Comment