उदयपुरको भुल्केका थप ८ जनामा कोरोना पोजेटिभ, बीपी प्रतिष्ठानमा पुनः परीक्षण हुँदै

रातोघर

 २०७७ बैशाख ९, मंगलबार  मा प्रकाशित
८३५ पाठक संख्या


विराटनगर । 

एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना देखिएको हो ।

५३ परिवारका ६० जना, जिल्ला स्वास्थ्य प्रमुख, उनका सवारी चालक, २ जना स्वास्थ्य कर्मचारी र ५ जना सुरक्षाकर्मीको स्वाब गत शनिबार संकलन गरी विराटनगर ल्याइएको थियो । कोसी अस्पतालमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई नै थप परीक्षणका लागि उदयपुरबाट धरान ल्याइँदैछ ।

विराटनगरमा कोरोना पोजेटिभ देखिएका सबैजना अलग–अलग ८ परिवारका हुन् । उनीहरूका परिवारका अन्य सदस्यको स्वाब भने नेपाली सेनाको टोलीले संकलन गरेर काठमाडौं लगेको छ । त्यसको रिपोर्ट पनि सम्भवतः आजै आउने छ । आइतबार भुल्के आएको नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सक टोलीले २ दिन लगाएर २ सय ५२ जनाको स्वाब संकलन गरेर काठमाडौं लगिसकेको छ ।

यसैबीच कोरोना पोजेटिभ देखिएका ८ जनालाई एम्बुलेन्समा चढाएर उदयपुरबाट हिँडाएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. जयवेन्द्र यादवको नेतृत्वमा गएको ५ सदस्यीय टोलीले ८ जनालाई नै थप परीक्षणका लागि लिएर धरान आएको हो । मंगलबार २ वटा एम्बुलेन्समा हालेर उनीहरूलाई धरान ल्याइएको हो ।

-Shilapatra

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban