

काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा १ जनाको संक्रमणको पुष्टि गरेको थियो । साँझ थप ९ जनामा पनि संक्रमण पाइएको मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४१ पुगेको हो ।
-shilapatra





Write your Comment