

भक्तपुर, १२ बैशाख । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३९ प ५७४१ नम्बरको मोटरसाइक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्गखण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा बुधबार भएको उक्त दुर्घटनामा परी मध्यपुर नगरपालिका–५ का ३५ वर्षीय अजय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको श्रेष्ठको उपचारका लागि मध्यपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तु खबर





Write your Comment