अध्यादेश फिर्तालगत्तै ओली, प्रचण्ड र देउवाबीच बालुवाटरमा भेटवार्ता

रातोघर

 २०७७ बैशाख १२, शुक्रबार  मा प्रकाशित
४३२ पाठक संख्या


काठमाडौं ।

सरकारले विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग भेट गरेका छन् ।

ओली, प्रचण्ड र देउवाबीच प्रधानमन्त्री निवासमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । उनीहरू पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड दिएको उनले बताए । उनका अनुसार यसअघि प्रधानमन्त्री ओलीले देउवासँग फलफल गरेका थिए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बालुवाटारमा सामूहिक भेट र छलफल जारी । पछिल्लो परिस्थिति र परस्पर समझदारीमा जोड । यसअघि प्रधानमन्त्री-प्रमुख विपक्षी दलका नेताबीच छलफल’ उनले भनेका छन् ।

-SHILAPATRA

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban