देशका विभिन्न स्थानमा वर्षा, भोलि चट्याङ्ग, असिनासहित हावाहुरीको सम्भावना

रातोघर

 २०७७ बैशाख १४, आईतबार  मा प्रकाशित
३४० पाठक संख्या


काठमाडौं । आज बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

विशेषगरि पश्चिमी र पूर्वी क्षेत्रमा अहिले वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो पनि देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश गरेकाले देशका दिउँसो पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको हो ।

आइतबार राती पनि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

त्यस्तै, भोलि र पर्सी पनि देशका अधिकांश भू–भागमा वर्षासहित चट्याङ्ग, असिना र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban