बैशाख १६ गते देशभर दिप प्रज्वलन गर्न सन्त समाजको आह्वान

रातोघर

 २०७७ बैशाख १४, आईतबार  मा प्रकाशित
८४६ पाठक संख्या


निजगढ । नेपाल सन्तसमाजले बैशाख १६ गते मङ्गलबारका दिन साँझ साढे ६ बजे आ-आफ्नो निवास, मठमन्दिरलगायत धार्मिकस्थलमा शङ्खघण्टसहित दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

विश्वव्यापी कोरोना भाईरसको निवारण र विश्वशान्तिको कामना गर्दै आद्यजगतगुरु श्रीशङ्कराचार्य तथा श्रीरामानुजाचार्यको जन्मजयन्तीको अवसरमा सरकारद्वारा निर्देशित लकडाउन उल्लङ्घन नगरिकन आह्वानमा सहभागी हुन अनुरोध गरेको छ ।

आह्वानमा सन्तसमाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले हस्ताक्षर गर्नुभएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban