

काठमाडौं ।
विनाप्रतिस्पर्धा ओम्नी बिजिनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य सामग्री खरिद गर्ने स्वास्थ्य मन्त्रालयको निर्णयमाथि संसदको लेखा समितिले छानविन प्रक्रिया अघि बढाएको छ ।
सरकारले बिनाप्रतिस्पर्धा ओम्नीलाई कोरोना महामारीसँग जुध्न उपकरण खरिदको सम्झौता गरेको थियो । चौतर्फी विरोधपछि सम्झौता रद्द भएको थियो ।
खरिद सम्झौता के आधारमा भयो र किन रद्द भयो भन्ने विषयमा लेखा समितिले चासो दिँदै छानविन थालेको हो ।
लेखा समितिले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै उपकरण खरिद गर्ने र रद्द गर्ने निर्णयमा छानविन गरिरहेको भन्दै खरिद र रद्दसम्बन्धी कागजात ७ दिनभित्र उपलब्ध गराइदिन भनेको छ ।

-shilapatra





Write your Comment