

वीरगञ्ज ।
वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।
र्यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।
उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो ।
-onlinekhabar





Write your Comment