प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाए : कांग्रेस

रातोघर

 २०७७ बैशाख १८, बिहिबार  मा प्रकाशित
४७४ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे प्रमुख विपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले भनेको छ, मुलुक कोभिड-१९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामाग्री खरीदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो ।’

विवादास्पद दुई अध्यादेश ल्याउनु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्नु, सरकारको आलोचना गर्नेहरुलाई पक्राउ गर्नु जस्ता कार्यले सरकार निरंकुशतातर्फ अग्रसर भएको प्रष्ट भएको कांग्रेसको ठहर छ । सरकारका क्रियाकलापले जनताको अभिमतको घोर उपेक्षा र अपमान गरेको भन्दै कांग्रेसले भनेको छ, नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

कांग्रेसले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण घटनालाई गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको बताएको छ । र, यसमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गरेको छ ।

सांसद विकास कोष खारेज गर 

कांग्रेसले सांसद विकास कोष खारेज गर्न माग गरेको छ । कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गर्न माग गरेको छ । यो रकमबाट कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न उसले आग्रह गरेको छ ।

-onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban