

नेपालमा आइतवार एकैदिन थप १० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।
नेपालगञ्जमा नौ र वीरगञ्जमा एक गरी दशजना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भएका छन्।
उनीहरू सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा जनाए।
नेपालगञ्जमा सङक्रमित नौ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा रहेको उनले बताए।
कोभिड-१९सँग जुझ्न जडीबुटी कति प्रभावकारी
कोभिड-१९ निको हुन कति समय लाग्छ
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३,४१४ जनाको परीक्षण गरिएको छ भने र्यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९,६८८ जनाको परीक्षण सम्पन्न भएको छ।
गत चौबीस घण्टामा १,४७९जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।
२१,९५१ क्वारन्टीनमा रहेको र ७७ जना एकान्तवास (आइसोलेशन)मा रहेको पनि डा. देवकोटाले जानकारी दिए।





Write your Comment