नेपालगञ्ज पूर्ण निषेधित क्षेत्र घोषित, यस्ता छन् निर्णय

रातोघर

 २०७७ बैशाख २२, सोमबार  मा प्रकाशित
२५७ पाठक संख्या


कठमाडौं। कोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइएको छ । हाल सम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना संक्रमण फैलिन नदिन भन्दै नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको छ ।

संक्रमण भएका स्थानहरुमा रहेकाहरुको स्वाव परीक्षण सहज होस् भन्ने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले शिलापत्रलाई बताए ।

भोलि बिहान ११ बजेट देखि २५ गते मध्यरातिसम्म पूर्ण रुपमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै नागरिकलाई निषेधाज्ञाको पूर्ण पालना गर्न उनले आग्रह गरे

त्यसअवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनमा खटिने स्वास्थ्यकर्मीबाहेक अरु कोही पनि घरबाहिर निस्कन नपाउने निर्णय भएको छ । त्यस्तै आफ्नो टोल क्षेत्रलाई सुरक्षित राख्ने बाहनामा बाटो अवरुद्ध नगर्न पनि बैठकले निर्णय गरेको छ ।

नेपालगञ्जमा भेटिएका कोरोना संक्रमितमा कोरोनाका केही लक्षण नदेखिएको पाइएपछि कोरोना समुदायमा प्रवेश गरेको आकलन गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban