जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत प्रहरी जवानमा कोरोना पोजेटिभ

रातोघर

 २०७७ जेष्ठ ३, शनिबार  मा प्रकाशित
३८५ पाठक संख्या


जिल्ला प्रहरी कार्यालय बारा कलैयामा कार्यरत एक जना प्रहरी जवानमा कोरोना पोजेटिभ भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयको मुद्धा फाटमा कार्यरत प्रहरीलाई कोरोना चेकजाँच गरेको रिपोर्ट शनिवार आएको रिपोर्टमा कोरोना पोजेटिभ भेटिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी गराएका छन ।
उनलाई ज्वारो आएकोले विरगंजमा गएर कोरोनाको चेकजाँच गराएका थिए । अहिले जिल्ला प्रहरी कार्यालयलाई सेनिटाईज गर्ने काम भईरहेको छ । उनको कनटैक्टमा आएकाहरुको कन्टैक्ट टेस्टिङ्ग गर्ने काम भईरहेको उनले बताए । हाल कोरोना पोजेटिभ भेटिएका प्रहरीलाई आईसोलसनमा राखिएको समेत जानकारी दिएका छन ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban