कोरोना संक्रमित बाराका पत्रकारकी पत्नीलाई पनि संक्रमण

रातोघर

 २०७७ जेष्ठ १०, शनिबार  मा प्रकाशित
२६४ पाठक संख्या


बारा : बाराका एक सञ्चारकर्मीकी पत्नीलाई पनि कोरोना भइरस संक्रमण भएको छ। सदरमुकाममा रहेको एक एफएममा कार्यरत कोरोना संक्रमित पत्रकारकी ३७ वर्षीया पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

करैयामाई गाउँपालिका–५ की ती महिलामा शनिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पत्रकारलाई संक्रमण पुष्टि भएसँगै उनका परिवारका आठजनाको स्वाब संकलन गरिएको थियो। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

थपिए संक्रमित

बारामा थप एकजनामा संक्रमित बढेको छ। शनिबार एक जना थपिएसँगै बारामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। शुक्रबार राती ६ जना थपिएका थिए। सिम्रौनगढस्थित कंकाली क्‍वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पृष्टि भएको थियो।

भारतबाट एक साताअघि नेपाल आएका ५२ जनाको बुधबार स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो। तीमध्ये ६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो।

थाहा खबर

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban