

सामान्यतया समाज भनेको एक जुट भएको वा एक झुन्ड भएको मानिसहरुको थुप्रो हो । सरल भाषामा समाजको सानो रुप परिवार हो भने परिवारको ठुलो रुप समाज हो । अर्थात समाज भनेको बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक आदि विशेषताका मानिसहरु बसोबास गर्ने स्थानको आवरण समाज हो । विभिन्न विद्धानहरुले समाजका अनेकौ परिभाषाहरु दिएतापनि सरल र सार्थक भाषामा समुहमा बस्ने मानिसहरुको हुल नै हो जहा विभिधता रहेको पाईन्छ । जब मानब प्राणीको जन्म हुन्छ एक पछि अर्को थपिदै जादा अन्तत समाजको सृजना हुन पुग्दछ । मानिसका जनसंख्या बढे अनुसार दिनप्रतिदिन मानिसका इच्छा, आकांक्षा, आवस्यकताहरु पनि बढ्दै गए । समाजमा कामको बाँडफाँड हुन थाल्यो । श्रमको विभाजन हुन थाल्यो । कोहि लेखपढ् तर्फ लागे । कोहि सुरक्षा तर्फका काममा लागे । कोहि हातहतियार, औजारहारु बनाउने काम तर्फ त कोहि छालाको काममा कोहि कपडाका काममा तल्लिन भए । कामको बाडफाड र पेशाका आधारमा जातको निर्माण भयो । पुजापाठ गर्ने लााई ब्रामहण, सुरक्षाका काममा लाग्नेलाई क्षेत्री, विभिन्न हातहतियार तथा औजार बनाउनेलाई कामि, छालाको कामगर्ने लाई सार्कि, कपडा सिलाउनेलाई दमाई जस्ता उपमाहरु दिई जातियरुपमा समाजलाई विभाजन तर्फ धकेल्दै जातिय, बर्गिय द्घन्दको विजारोपण सुरु भयो ।
श्रमको विभाजन स्वरुप मानिसहरु आ आफ्ना काम समाल्दै गए , बाहुन पुजापाठ गरे, पढे लेखे, क्षेत्रीहरु सुरक्षाको काममा लागे, मगरहरु देशलाई सहयोग गरे भने कामी, दमााई, सार्कीहरुपनि आ आफ्नो काममा लागे । समाजको विकास क्रम सगै जव जव माथिल्लो जात भनौ या गैर दलितहरु समाजमा हावि भए तब ति श्रमजिवी नागरिकहरुलाई दलितको उपमा दिइयो । दलितहरु सदा काममा नै तल्लिन हुनु पदछ माथिल्लो जातसग बोल्नु हुदैन , समानरुपमा रहनु हुदैन आदि रुढिबादि सोचहरु हावि भयो । काममा इमान्दार ति दलित उपनाम पाएका मान्छेहरु आफ्नो कामलाई नै पहिलो प्राथमिकता दिई आफ्नो काममा निरन्तर अगाढी बढीरहे ।
समाजको विकास क्रमिक रुपमा हुदै गयो । परिवर्तनका रेखाहरु पनि देखा पर्दै गए । विभिन्न कालखण्डहरु पार गर्दै जादा समाजमा अनेकौ आरोह अबरोध काट्दै मानिसहरु मानव विकासक्रमका गतिमा अगाडी बढीरहे । नेपालको राजनितिक विकासक्रम पनि अगाडी बढीरहदा समानताका नाराहरु धेरै गुन्जिन थाले । जहानिया राणा शासन, पन्चायती व्यवस्था, ४६÷४७ सालको जनआन्दोलन, बहुदलिय व्यवस्था, माओबादी जनयुद्घ, २०६२÷६३ सालको जनआन्दोलन, संविधान सभा, गणतन्त्रात्मक व्यवस्था , संघिय व्यवस्था हुदै देशले धेरै कालखण्डहरु पार गरिसक्यो । यी आन्दोलान र परिवर्तनको मोर्चामा कयौ दलितहरुले ज्यान गुमाय । कयौ बेपत्ता भए । कयौ अपाङ्ग घाईते छन । अहिले आफ्नो अधिकार र राज्यको स्वाधिनताको लडाइमा ठुलो दलित समुदायले दिएको त्याग तपस्या र बलिदानिको चर्चा हुदैन । ब्राहमण, क्षेत्री सगै परिर्वतको लागि होमियका दलितहरुको योगदान कमि हुने र अन्यको धेरै हुने भन्ने हुदैन । सुखि नेपाली समृद्घ समाजको निर्माणको लागि विभिन्न समयमा सामाजिक, राजनैतिक, आर्थिक, भाौतिक लगाएत हरेका किसीमका परिवर्तनको लडाईमा दलित मानिसहरुको अतुलनिय योगदानको अवमुल्यन गरियो ।
नया नेपालको निर्माण्को लागी जति आरु जातले योगदान गरे त्यो भन्दा कमि थिएन दलित समुदायको योगदान । जनयुद्धको नाममा बलिदानि दिने र अग्र भागमा रहेर लडेका दलितका छोराछोरीलाई मिठामिठा सपनाहरु देखाई घाटिमा बन्दुक भिराई दलितको काँधमा टेकेर झुपडीबाट महलको यात्रा तय गर्ने गैरदलितलाई अब दलितको अवस्थाको बारेमा के चासो भयो र ! आज अन्यायमा परेका दलितलाई न्यायको पहुचमा राख्न नसक्दा लाचार सावित गराई दिएको छ । इतिहासले तिमिहरुलाई धिर्कादै छ जसलाई समानताको लडाईमा होमाएर न्याय दिन सकिएन । आजको २१ औ शताब्दिमा आएर पनि पशुलाई भन्दा तुच्छ व्यवहार देखिएको छ । मानविय समबेदना हराएको छ । मानविय समानताको लडाई ति ठुला महलले विर्साइ दिएको छ । महलभित्रको सुख सयल र सुकिलामुकिलाहरुसँगको संगतले परिर्वनको लडाईमा सर्वश्व सुम्पेका सर्वहारालाई विसाई दिएको छ । वरु दलित र निमुखामाथि वेला वेलामा गरिने शोषण, दमन र उत्पीडनले पिल्सिएर न्यायको उठाएको न्यायको आवाज उनीहरुको लागि अप्रिय मात्रै होईन, आपत्तिजनक हुन थालेको छ ।
हामिले बाचेको समाज, देशको एकिकरणको लागि एउटा कामीले हँसिया, खुडा, खुकुरी, तरवार जस्ता अनेकौ हतियार नबनाएको भए के आज एकिकरण सम्भब थियो त ?, सार्की समुदायले छालाका जुत्ता नवनाई दिएको भए ढुंगा, काँडाहरु छिचोलेर सिपाहीहरु पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुग्न सक्थे । छालाको ढालले ज्यानको सुरक्षा नगरेको भए, कति खुकुरी र धनुष काँडका तीरले बाख्रा काटिए जस्तै काटिन्थे ?, अनि दमाई समुदायले विजयको विगुल नफुकेको भए, सिपाहीको ज्यानमा लगाउने पोशाक नवनाई दिएको भए, पुष माघको ठिहिराउने जाडोमा कठ्यांग्रिएको ज्यानले कसरी युद्ध जित्न सक्थे ? अहिले दलित समुदायले नेपालको एकिकरणदेखि गणतन्त्रसम्म आईपुग्दा वगाएको रगत र पसिनाको एक एक थोपाको खोजविन र मुल्याङ्कन गर्न जरुरी भएको छ । पुर्खाले राष्ट्र निर्माणमा गरेको योगदानको अहिलेको पुस्ताले सूक्ष्म ढंगले अध्ययन गरी उच्च कदर गर्नु पर्दछ ।
यो देशलाई स्वतन्त्र राज्य बनाउनुमा दलित समुदायको योगदानको कदर खै कता भयो ? अंग्रेजहरुलाई धपाउन उहि खुकुरी र तरबारको प्रयोगले सम्भब भएको हो न कि एटम बमले । देख्दा सुन्दा पढ्दा सामान्य जस्तो लाग्ला तर कुरा गहिरो र सोचनिय छ । कामी सुनारका कलाले सिगारेका गहना तिम्रा गलामा लगाउदा सुन्दर भए तर ति कला जानेका मानिसहरुलाई किन समाजमा तिरस्कारको भाबले हेरिन्छ ? दलित युवती र चेलीका यौवन र जवानी स्वादिलो हुने उनीहरुले छोएको पानी अपवित्र हुने भन्दै विहेवारी नगर्ने र कसैले गरी हालेमा पनि वैशको प्यास मेटिदै गएपछि वोझ ठानेर निचोरेको कागती जसरी फालिदिदा घर न घाटका बनाईएका अनेक उदाहरण यो समाजमा छन ।
सुकिला कपडा र ज्यानभित्र जातिय विभेद जस्तो भंयकर राक्षस पालेर वसेका अमानवहरुवाट आज विभेदका घटनाहरु देशभरी घटिरहेका छन
आज दलितहरुलाई नैसगींक अधिकारबाट बन्चित गराईएको छ । जातिय विभेदले समाजमा दिनहु जस्तो अराजक घटनाहरु घटाइरहेको छ । जसको पछिल्लो उदाहरण काहालि लाग्दो घटना रुकुम जाजरकोट घटना हो जुन दानविय स्वभाव भएका हरुबाट घटाईएको छ । समाज दुई भागमा विभाजित भएको छ । कथित उपल्लो जातका ठुलै जत्थाले आफ्नी छोरी भगाउन आएको वहानामा दलित र अन्य समुदायका होनहार कलिला किशोरदेखि युवकलाई जंगली पारामा वर्वर ढंगले जघन्य हत्या गरी भेरी नदीमा वगाईएको छ । कतिपयलाई घाईते तुल्याईएका छ । सर्वहारालाई साम्यवादको सपना देखाएर भीषण रक्तपातको शुरुवात गरिएको जिल्ला रुकुममा मानव जातिलाई युगौयुगसम्म रुवाउने वर्वर घटनाका दोषिलाई कडा कार्वाहीको पहल गर्नुपर्नेमा उल्टै घटनालाई ढाकछोप गर्ने प्रवृत्ति आफुलाई समाज परिवर्तनका ठेकेदार भन्नेहरुले देखाएका छन । मानवताको दृष्टिले हेर्ने हो भने होनहार छोरा गुमाएका आमा र वुवा, दाजुभाई गुमाएका वहिनीहरुको आँखावाट उर्लिएको आँसु भेरी नदीको भन्दा वढि छ । सामान्य नैतिकता र मानवीय समवेदनाको समेत ख्याल नगरी अपराधिहरुलाई वचाउने वद्नियत पालेर अभिव्यक्ति दिने नेताहरुले देखाएको घृणित प्रवृत्तिको जतिसुकै शव्दमा भत्र्सना र निन्दा गरेपनि कम हुन्छ ।
सत्तामा वस्नेहरुको गैह् जिम्मेवारीपन र सामाजिक संजालमा जातिय विभेद र हत्याको पक्षमा लेखिएका विचार र स्टाट्सले मानिसहरुमा हजारौं बर्षपहिलेको मनुवादी सोच र संस्कार जिउँदै वसेको अनुभूति दिएको छ । आज दलितहरुको विकासको बाधक अहिलेको पुरातानबादि सोच हो । जातिय विभेद हो । जव सम्म दलितहरु प्रतिको दमन रहिरहन्छ तब सम्म परिर्वनको विगुल फुक्नु बेकार छ । व्यवस्था परिवर्तनमा होमिएका दलितहरुको अवस्था उस्तै छ । आखिर यो कहिले सम्म ? यो प्रश्नको उत्तर दिन कोहि तयार देखिदैन । घटनालाई राजनैतिक बनाएर न्याय बाट बन्चित गरिने प्रपन्च हुन्छ । माया भावना साट्दा मृत्यु बरण आखिर कहिले सम्म सहने कहिले सम्म हेपिइ रहने । जातिय विभेद जघन्य अपराध हो । आजको युगमा जातिय विभेद गर्दै हत्या सम्म गरिनु मानव सभ्यताको कलंक हो । यसलाई जरैदेखि फाल्नु पर्दछ । यस विषयलाई जति नै खेद प्रकट गरेतापनि कम हुन्छ । जातिय विभेदका घटनाहरुलाई सामन्य रुपमा नलिईयोस् । रुकुम घटनाको यथाशिघ्र छानविन गरि दोषी उपर कानुन बमोजिम हदैसम्म कारबाहि होस् ।
जातिय विभेद अन्त्य गरौ ।
उमा विश्वकर्मा





Write your Comment