थप ४५ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या २ सय ६६ पुग्यो

रातोघर

 २०७७ जेष्ठ २०, मंगलबार  मा प्रकाशित
२८८ पाठक संख्या


काठमाडौं। देशभरबाट थप ४५ जनाले कोरोना भाइरस (कोभिड-१९)लाई जितेर डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि कोरोना भाइरस संक्रमणलाई जितेर थप ४५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार शिक्षण अस्पतालबाट मकवानपुरका ५४ वर्षीया महिला, गुल्मी अस्पतालबाट ३१ वर्षीय पुरुष र भीम अस्पतालबाट  २५ जना डिस्चार्ज भएका छन् । भीम अस्पतालबाट डिस्चार्ज हुनेमा रुपन्देहीका १६ जना ५ देखि ५० वर्षसम्मका रहेका छन्, जसमा ४ जना महिला रहेका छन् । कपिलवस्तुका ९ जना १९ देखि ३६ वर्ष उमेरका पुरुषहरू पनि डिस्चार्ज भएका छन् ।

त्यसैगरी, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना निको भएर डिस्चार्ज भएका छन् । बीपीबाट डिस्चार्ज हुने सुनसरीकी ५१ वर्षीया महिला र झापाका १७ जना पुरुष १७ वर्षदेखि ५२ वर्ष उमेरका रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

प्रदेशिक विवरणअनुसार प्रदेश १ बाट ४८, प्रदेश २ बाट १०४, बागमतीबाट ३०, गण्डकी प्रदेशबाट ३, प्रदेश ५ बाट ७४ जना र सुदूरपश्चिमबाट ७ जना डिस्चार्ज भएका छन् । योसँगै कुल २ सय ६६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन् ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban