चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु

रातोघर

 २०७७ जेष्ठ २४, शनिबार  मा प्रकाशित
३०० पाठक संख्या


भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।

-onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban