‘जीतपुरसिमरामा अनियमितता बढ्न थाल्यो’

रातोघर

 २०७७ जेष्ठ ३२, आईतबार  मा प्रकाशित
२७३ पाठक संख्या


सिमरा । जीतपुरसिमरा उपमहानगरका काँग्रेस नगर सभापती श्याम बाबु गुप्ताले पछिल्लो समय सडक निर्माण लगाएतका कार्यमा अनियमितता बढेको भन्दै नगर कार्यपालीकाको कार्यशैलि प्रति असन्तुष्टि जनाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालीका स्थित एक सडक ढलान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले नगरका सडक सञ्जाल निर्माणमा अनुगमन नहुँदा लापरवाही बढेको र मापदण्ड बिपरित सडकहरु बनिरहेको बताए ।

युवा पुस्ताले नगरको बिकासमा अहम भुमिका खेल्नुपर्ने भन्दै यो चुनौतीलाई अवसरका रुपमा बदल्न र नगरको गैरजिम्मेवारीपन प्रति खवरदारी अभियानको शुरुवात गर्न समेत उनले आग्रह गरे ।

यसअघि गुप्ताले सामाजिक सञ्जालमा नगरको चौतर्फी आलोचना भएको चर्चा गर्दै आएका छन् । उनले मेयरकै कार्यशैलीमाथी प्रश्न चिन्ह् समेत खडा गरेका छन् ।
नगरले जनभावना अनुरुप कार्य गर्न नसके माफी माग्नुपर्ने र पदबाट बिदा लिनुपर्ने आवाज उठाइरहेका छन् ।

प्रदेश सभा सदस्या शोभा लामाको संसदिय कोषबाट निर्माण हुन लागेको सिमरा खानेपानी कार्यालय अगाडीको सडक ढलान कार्य शनिबार बिधिवत शिलन्यास गरिएको उपभोक्ता समितीको अध्यग बिक्रम कुमार थापाले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban