नेकपा कार्यकर्ता साह बिरुद्ध प्रहरीमा उजुरी , सांसद सीता गुरुङ्गमाथी आरोप

रातोघर

 २०७७ अषाढ ५, शुक्रबार  मा प्रकाशित
६०६ पाठक संख्या


सिमरा ।
नेपाल कम्युनिष्ट पार्टीका युवा कार्यकर्ता बिश्वास साहमाथी प्रहरीमा उजुरी परेपछी बिहिवार उनी ६ घण्टा प्रहरी कार्यालयमा बसेका छन् । उनले सामाजिक संञ्जालमा लेखेको स्टाटस बिरुद्ध उजुरी परेको हो ।

नेकपाकी प्रदेश सांसद सीता गुरुङ्गले बजेटमा अनियमितता गरेको भन्दै साहले फेसबुकमा स्टाटस लेखेका थिए ।

उनले स्टाटसमा कोरोना सम्बन्धी सामाग्री बितरणमा ९ लाख भन्दा बढी रकम बराबरको हिसाब देखाउन खोजेको भन्दै रकम हिनाहिना गरेको हुन सक्ने आशंका ब्यक्त गरेका थिए । उनले स्टाटसमा लेखेका छन् ,

सो बिरुद्ध आफुमाथी बिना प्रमाणको लान्छना लगाएको भन्दै सांसद गुरुङ्गले इलाका प्रहरी कार्यालय सिमरामा पिडित बनेर उजुरी गरेकी हुन् । उनले उजुरीमा निज ब्यक्तिले संजालमा आफु बिरुद्ध प्रमाण नभएका कुरा लेखेकोले न्यायका लागी भन्दै प्रहरी कार्यालय धाएकी हुन् ।

सोही लगत्तै इलाका प्रहरी कार्यालय सिमराले साहलाई छलफलका लागी भन्दै कार्यालयमा उपस्थित हुन आदेश दिएको थियो । प्रहरी कार्यालय हाँजिर भएका साहलाई करिब ६ घण्टा प्रहरी कार्यालयमा राखेपछी नेकपाकै नेता कार्यकर्ताको रहोबरमा उनी बिहिबार साँझ छुटेका हुन् ।

छुटेपछी रातोघरसंगको कुराकानीमा साहले आफुले सचेत नागरिकको हैसियतले खवरदारी गर्दापनी प्रहरीमा उजुरी परेको प्रति दुःख ब्यक्त गरेका छन् ।
‘मैले कसैलाई आरोप लगाएको छैन, पिपिई र मास्क बाँडेर ९ लाख भन्दा बढीको बजेट खर्च गरेको देखाउन खोजेपछी मैलो हिसाव पारदर्शी होस् मात्र भन्न खोजेको थिएँ । ’, साहले भने, ‘तर यहाँ त सांसदका बिरुद्ध केही बोल्ने नहुने भयो, राणा शासनमा जस्तो अपराधी जस्तो गरेर प्रहरी कार्यालय बोलाईयो ।’

शक्तिको आडमा आफुलाई कमजोर बनाउन खोजिएको भन्दै उनले अब झन् शसक्त ढँगले नेता र जनप्रतिनिधीको गलत कार्यशेलीको बिरोधमा उत्रिने बताएका छन् ।

(अहिले साहको दुबै स्टाटस हटाइएको छ ।)

यता सांसद गुरुङ्गले बाध्य भएर प्रहरी कार्यालय आउनुपरेका बताएकी छन् । पटक पटक आफुमाथी बिना प्रमाणको आरोप लगाएर सञ्जालमा आफुमाथी तथानाम लेखेको उनको आरोप छ ।

‘म पारदर्शी मान्छे हो, दुई पैसा कहीँ हिनामिना गरेको भए देखाईदिनुस्, तर यसरी सञ्जालमा जे मन लाग्यो त्यही लेख्न पाइदैन । ’ उनले भनिन्, ‘साह भाई लाई कानुनी कठघरामा उभ्याउने कुनै मनसाय होइन, मात्र सचेत गराउन बोलाईएको हो , यो ठुलो बिबाद पनी होइन ।’

आन्तरकि बिवाद र घरको झगडालाई प्रहरी समक्ष पुर्याउँदा प्रतिपक्षी हँसाउने काम भएन यो ? भन्ने प्रश्नमा सांसद गुरुङ्गले भनिन्

‘पटक पटक सम्झाउने प्रयास गर्दा पनी श्रृङ्खलाबद्ध फेसबुकमा लेख्न थालेपछी यसो गर्न बाध्य भएको हो, हामी र हाम्रो संगढन भित्र पनी समस्या अनेक छ, मैले धेरै भनिरहनु नपर्ला ।’

यता नेकपाका जिल्ला कमिटी सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिलले यो घटनाबारे गम्भिर रुपमा आफु जानकार नभएको बताए । उनले साहमाथी उजुरी परेको थाहा पाएपछी प्रहरीलाई टेलिफोन गरी सामान्य छलफल गरी घटनाको समाधान निकालिदिन आग्रह गरेको बताए ।

यसैबिच इलाका प्रहरी कार्यालय सिमराका डिएसपी दिपक श्रेष्ठले साहलाई प्रहरी कार्यालयमा बोलाएर छलफल गर्नेबारेको उजुरी परेपछी सोही बमोजिम सामान्य छलफल गरेर साहलाई छाडिएको बताए ।

यसैगरी केहदिन अघि मात्रै जनप्रतिनिधकै कार्यशैलिको बिरोध गर्दा सिमराकै एक नेकपा कायृकर्ता ऋषी लुइँटेललाई पनी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनले पनी फेसबुकमा जनप्रतिनिधिले बिकासमा नाममा अनियमितता गरेको आरोप लगाएपछी प्रहरीमा उजुरी परेको थियो ।

साँझ उनलाई पनी स्टाटस हटाउन आग्रह गरेर आगामी दिनमा त्यस किसिमका स्टाटसहरु नलेख्ने सर्तमा प्रहरीले छाडेको थियो । उनलाई छुटाउन पनी नेकपा वृक्तकै नेता कार्याकर्ताको एक समुह प्रहरी कार्यालय पुगेका थिए ।

यसैबिच यो घटनाले नेकपा बृक्तमै टिकाटिप्पणी शुरु भएको छ । नेकपाका युवा नेता राजन पौडेलले हरेक नेपाली नागरिकलाई अभिब्यक्ति स्वतन्त्रता भएको बताएका छन् ।

उनले पछिल्लो घटनालाई उदृत गर्दै समाजिक संञ्जालमा खवरदारी गर्न आवश्यक रहेको जिकिर गरेका छन् । तर बिना प्रमाण कसैको नाम नै किटान गरेर लेखे चरित्र हत्या भएको मानिने र साईवर अपराध आकर्षित हुने हुँदा सचेत हुनुपर्ने आवस्यकता रहेको बताए ।

पछिल्लो समय सामाजिक संजालमा अभिब्यक्ति स्वतन्त्रताका नाममा आम नागरिकले प्रेसको कार्य गरिरहेको भन्दै सञ्जाल प्रयोगमा सचेतनाको आवस्यकता रहेको पनी औँल्याएका छन् ।
नेकपाकै नेता नारायण घिमिरेले नेतालाई खवरदारी र गाली नै गर्दा पनी सम्मान गर्ने गरेको नेपाली इतिहास भएको बताएका छन् । त

र पछिल्लो समय यहाँ कार्यकर्ताले सञ्जालमा खवरदारी गर्दा प्रहरीमै उजुरी गरेको प्रति बिरोध शैलीमा फेसबुकमा ब्यङ्ग गर्दै यस्तो लेखेका छन् ।

यता आफ्ना नेता कार्याकर्ताले सांसद र जनप्रतिनिधीको काम कारवाहीबारे पारदर्शीताको खवरदारी गर्दा प्रहरी कार्यालय धाउनुपर्ने कार्य गलत भएको कतिपयको बुझाई छ ।

कतिपय जनप्रतिनिधीहरु नै कानूनको बलमा अहमता बढेको र कुनैपनी सानातिना आरोममा प्रमाण पुर्याउन छाडेर प्रहरी प्रयोग गर्नाले अनियमितताकै आशंका बढेको बताईरहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban